Showing posts with label सपना लेखन. Show all posts
Showing posts with label सपना लेखन. Show all posts

2013-08-02

सपना समय:- 11:58pm, देखि 06:08am, सम्म Wed 11-06-2013

 मेरो यो लेख  मात्र एउटा सपनाको कुरा हो । हजुर हरु ले यो लेख पढ्नु भैसकेपछि सम्भव भय
कमेन्ट पनि छोडेर गइदिनु  होला । त्यसो भए मेरो लेखन मा सुधार गर्न सहयोग मिल्ने थियो ।

सपना समय:-
11:58pm, देखि 06:08am, सम्म Wed 11-06-2013 ।


सपना एउटा घारिबाट सुरू भएर सडक जस्तो लाग्ने ठाउँमा अन्त्य भएको छ ।

Start. म आफुलाई मेरो गाउँमा पाउँछु । म मेरो घरको तल पँधेरो निर पिपलबोटे हजुरबुबाको घर वरिपरि
पाउँछु आफुलाई, जहाँ बाँस घारि थियो । म के गर्दै थिएँ त्यो प्रश्ट थिएन त्यहाँ तर म शुरूमै आफुलाई बाँ-
स घारि मा पाउँछु ।

वास्तवमा बिपनाको कुरा गर्दा पिपलबोटे हजुरबुबाको घर बाट पँधेरो तिर सानो जंगल वा घारि छ । बाँसको
घारि पनि छ त्यहाँ र काप्राको बोटानि र पँधेरो छ । तर सपनामा न पँधेरो देखेँ न काप्राको बोट नै । काप्राको
बोटमा पनि बाँसको घारि नै देखेँ र पारि पट्टि रूखहरूको घारि भएको ठाउँमा केहि ठुला बरका रूख जस्ता
लाग्ने तर चाँपको जस्तो ढाँचा भएको रूखहरू देखेँ ।

सुरूमा म बाँसकै घारिमा थिएँ । के गर्दै थिएँ थाहा थिएन । तर अचानक जहाँ बाटो छ बिपनिमा त्यहाँ ठुला
बाँसका रूखहरू देखेँ । काटेका । र ति बाँससँग मैले साना टुक्रा बाँसहरू पनि देखेँ जसको एकपट्टि प्वल पा-
रिएको थियो । त्यो हेर्दै गर्दा अचानक म आफुले आफैँलाई पिपलबोटे खड्के हजुरबाको घरमा पाएँ । न त त्याँ
हजुरबाको परिवार नै थिए न हजुरबा नै । ( अलि पहिला मटन नबनाउँदा गोठ र घर गरि दुईवट संरचना थिए ) म आफुलाई गोठमा पाएँ । त्यहाँ गोठको पिँढिमा मुखिया साईँलि हजुरआमा अर्थात् (आईँटार ब्ले) रूपेन्द्रको आमालाई देखेँ । मैले उहाँलाई बोलाऊँदा बिपनिमा ठुली आमा भनेर बोलाउँथेँ । ऊहाँले नै अगि देखेका बाँसमा प्वल पार्नुभाको अरे । बाँसुरि बनाउन । बाँसुरि भनिएको थियो तर प्वल एउटा मात्र थियो । बाँस एकदम पातलो र छाँटिलो एकदम बज्ने छ जस्तो लाग्थे । तर प्वल एउटा मात्र थियो । तर फेरि बाँसुरि एकदम बज्ने थियो । मलाई पनि एकदम रहर जागेर बनाउने सोच बनाएँ र अनुरोध गरेँ । त्यसपछि के भो अलि अष्पष्ट भयो । तर म त्यहिँ थिएँ । हजुरबाको घर वरिपरि नै । मैले यो पल्ट 3 4 जाना नचिनेका मान्छेलाई देखेँ । आगन को डिलमा रिङ्गै फलको बोट थिए । म त्यो पाकेको फल टिप्दै कहिले आफु खान्थेँ त कहिले ति अन्जान मान्छेका मुखमा कोच्याऊँथेँ । त्यो फल के हो एक्ज्याक्ट पता चलेन । त्यो फल हेर्दा स्ट्रवेरि जस्ता थिए आकारमा तर बोक्रा खुरपानिका वा आलुपखडा अल्चा का जस्ता चिल्ला थिए । एकदम मिठो थियो वासना र स्वाद । सायद मैले यत्ति मिठो बास्नादार फल त खाएको त यै पल्टको सपनामा हो बिपनाको त कुरै छोडौँ । खान त दुर देख्या पनि छैन ।

फेरै मैले आफैँलाई ठुली आमा संग पाएँ । अनि यो पालि आँगनको डिल बाट तल तिर दौडँदै थिएँ घारि तिर किन हो थाहा छैन । र हामि दौडेको तल खोँचमा पुगेपछि एक्लै भएँ र फेरि बाँस घारितर्फ फर्किएँ । यो पालि म बाँसको फेदमा समातेर परालमा दाईँ गरेझैँ घुम्दै थिएँ । मैले दुई चार जाना अन्जान मान्छे पत्कर सोहोर्न लागेको पनि देखेँ तर कहाँनेर हो ठ्याक्कै पत्ता चलेन । केहि छिन पछि एउटा आवाज सुनियो । "गाउँ बिकास परिसदको निर्णयमा यसपालि पनि सँधै झैँ यो झ्याङ बाट एउटा बाँस काट्ने निर्णय गरियो र काटियो ।" एकै छिनमा छ्याम छ्याम बाँस काटेको आवाज पनि आयो र ढल्दै गरेको पनि तर ढलेको आवाज भने पुरा आएन । एकै छिनमा केहि खैलाबैला सुनियो । एः कुन चाहिँ बाँस हो अहिले ढालेको ? लौन खै काँ पुग्यो केई पत्तो छैन त । कुन ढालेको । कसैले पत्ता लगाउन सकेनन् कुन झ्याङ को कुन बुट्टा हो । अचानक् मैले एक अन्जान ब्यक्ति बोलेको देखेँ । भन्दै थियो " हामिलाई नै निर्णयमा नराखि त्यसै निर्णय भो भन्ने अनि अहिले बाँस पनि कुन काटेको थाहा नै नदिने ? यो त सरासर अपराध हो...." अनि फेरि मैले काजिडाडाको जयलाई देखेँ । उल्ले पनि भन्यो " यो त हाम्रो अपमान भो ।.... कसैलाई थाहा छैन कुन बाँस काट्यो....." । मैले पनि केहि बोलेँथेँ तर एक्ज्याक्ट याद भएन एकछिन त्यहाँ गन्थन् गर्दै गएपछि फेरि अस्पस्ट भएँ त्यहाँ के भो अलि थाहा भएन ।

फेरि नाटक को दृश्य परिवर्तन भयो र म आफुलाई जन्तिको हुलमा पाएँ । जन्ति बेहुलि लिन जाँदै थियो ।र फेरि अस्पस्ट भयो । अब जन्ति बेहुलि लिएर फर्किँदै गरेको थियो । केहि चिनेका जस्ता अनुहार थिए । तर अस्पष्ट अनुहार थियो । गाउँकै सडक जस्तो लाग्थ्यो ठाउँ हेर्दा पसल पनि थियो । अलिकति ओरालो थियो सडक । मल्डुङ् को जस्तो पसल थियो भने अमर्खु लामिछाने काईँला को घर निर को जस्तो सडक ।

जन्ति फर्कने क्रममा पसलमा पसेर केहि गर्दै थियो केहि मान्छे र केहि मान्छे चाहिँ निक्कै अगाडि पुगिसकेको थियो । मैले केहि गह्रौँ लाग्ने लाईट जष्तो बाकेथेँ जस्तो लाग्थ्यो । एकै छिनमा धेरै मान्छेहरू निस्केर गए । केहि कसैलाई पर्खँदै थिए भने कोहि पर्खँदा पर्खँदा थाकेर नपर्खि एक्लैपनि जाँदै थिए ।

अचानक् मैले एउटा सुन्दर केटि देखेँ उ पनि कसैलाई पर्खँदै थिई । म हेर्दै थिएँ ऊ केहि बोल्दै थिई । मैले जति कोसिस गरे पनि सुन्न सकिँन । मलाई नै हात दिएर बोल्दै थिई उ । मैले सुन्न सकिँन । ऊ छोउमा थिई म भित्ता मा थिएँ सडक को । केहि बेर बोलिसकेपछि ऊ त बिस्तारै आफैँलाई भिरतिर समर्पित गर्दै ज्यान छोड्दै थिई । झन्डै लडेकि भिरमा मैले नसमातेको भए त । मैले हत्त न पत्त हातमा समातेर तानेको त अंगालेमा पो भेटेँ मैले । अहिले हामि पसलबाट अलि टाढा नै थियौँ । म त अचम्म मा परेँ । मेरो पो बिहे रहेछ त्यो त उनि त मेरी श्रिमती पो रहिछीन् त्यो बिहेकी बेहुलि । अंगालोमा मलाई कसेर निक्कै भावुक स्वरमा अश्रु मिश्रित बोलि बोल्दै भनि " हजुरलाई मेरो ख्याल थिएन ? मलाई तलबाट केहिले तान्दै थियो हजुर भने त्यस्सै चुपो लागेर बस्ने ?......म त हजुरबिना एक पल पनि बाँच्न सक्दिँन ।......" मैले पनि अंगालो झन् कसेर भन्दै थिएँ कि मैले केहि पनि सुन्न सकिँन भनेर अचानक् हामिलाई छुट्टै ठाउँमा पाएँ मैले ।

खुला आकास मुनि बन्द कोठा अर्थात् छाना नभएको कोठामा थियौँ हामि अहिले त मेरो साथमा अर्को एकजाना केटा साथि थियो । ठ्याक्कै त चिनीँन मैले । तर थियो । उ त्यो घरको अर्को कोठामा गयो अघि मेरो श्रिमती भन्ने केटि सँग केहि कुरा गरेर । ति केटिले भने मलाई हाम्रो बाल्यकाल प्रेम र अहिले बिहे सम्मको कुरा सम्झाउँदै थिइ । तर अहिले भने ठ्याक्कै याद भएन के के कुरा भनि भनेर । तर थुप्रै कुरा भनेकि थिई ।

एकछिन पछि मैले आफुलाई त्यो कोठा भएको घरको माथिपट्टी पाएँ । जुन ठाऊँ देख्दा मलाई मेरो गाऊँको डाँडाँ टोलको लाटो भनिने चतुरे घलानको घर मुनि जस्तो लाग्थ्यो । त्यहाँ त मैले छुट्टै परिवर्तन देखेँ । बिपनिमा देख्दा भएको जस्तो थिएन बाटो, खाल्डाखुल्डि परेको । त्यहाँ त पिज गरिएका पक्कि बाटाहरू थिए । छेउछेऊमा वाल बार पनि थियो । ति वाल बारामा त मेरा कलेजका साथिहरू थिए । अनिश आयुस ईन्द्र छेत्तेन र अरू पनि । यसै क्रममा उहिलेका राजा ज्ञानेन्द्र पनि देखेँ । उ जो मसंग बिहे गर्ने केटि उ त राजाको छोरि पो रहिछे । हाम्रो बिहे पनि अर्काको घरमा भएको अरे । राजाले त रठ्ठिनै लठ्ठिले झटारो हान्दै थिए । मलाई पनि उनलाई पनि । हामि भाग्दै त थियौँ तर उतै राजा भएतिरै । एकै छिनमा माहोल परिबर्न भयो । मेरा साथिहरू मलाई र मेरी श्रिमतिलाई बचाउनको लागि आन्दोलन गर्दै थिए । यै क्रममा म भने ब्युँझिएँ ।

2013-07-04

दिऊँसोको सपना सपना समय:- 06:12pm, देखि 07:00pm, सम्म Sun on 10-06-2013 ।

मेरो यो लेख  मात्र एउटा सपनाको कुरा हो । हजुर हरु ले यो लेख पढ्नु भैसकेपछि सम्भव भय
कमेन्ट पनि छोडेर गइदिनु  होला । त्यसो भए मेरो लेखन मा सुधार गर्न सहयोग मिल्ने थियो ।

सपना समय:- 06:12pm, देखि 07:00pm, सम्म Sun on 10-06-2013 ।



      सपनाको शुरूमा म त्यो घटनाको पात्र थिईँन पछि भएँ । त्यहाँ एउटा गाऊँ थियो । म कुनै एक परिवारको सदस्य त थिएँ तर परिवारको अत्तो पत्तो थिएन । बिचमा एकचोटि आमा देखेजस्तो लागेथ्यो ।
तर बिपनिको हैन । मैले त राम्रि चिन्न र अनुहार हेर्न पनि सकिँन । लाग्छ सायद यो सपनामा एकै दिन थियो तर झलक भने छिन छिनमा फेरिरहन्थ्यो । कहिले कहाँको दृष्य त कहिले कहाँको दृष्य
देखिरहन्थे । प्राय घटनाहरू शहर जस्ता तथा खोला जस्ता लाग्ने ठाउँमा घटेका थिए ।

    सुरू:-
    म खाना खाँदै थिएँ तर कहिलेको (बिहान या बेलुका) हो थाहा थिएन । (प्राय घटनामा घाम उदाएको आभास थिएन ।) अचानक् म खाना खाँदै गर्दा मेरो बिपनाको साथि अर्जुन बोलाउन आयो । खै के
को लागि बोलायो किन बोलायो केहि थाहा भएन । हामि त केहि सल्लाहा गर्दै रहेछौँ । सहमति भएपछि छुट्टिन्छौँ । खै के को लागि के सल्लाहा गय्रौँ थाहा थिएन । अचानक् हामि शहरमा बसेको (डेरामा
बसेको) अबस्थामा थियौँ । त्यो बेलामा भने अर्जुन अफिसमा काम गर्ने अरे बिपनामा पनि गर्छ त्यहीँ । म भने के गर्थेँ त्यो मलाई थाहा थिएन । सायद बिपनिमा पनि नगर्ने भएर होला ।

    अचानक् हामि घुम्न निस्केका थियौँ । सायद फेवा ताल आसपास हिँड्दै थियौँ दृश्य त्यस्तै थियो । अचानक् हामि त पोखरा बाट पाल्पा हुँदै लुम्बिनि जाने बाटोमा ( ठ्याक्कै लोकेसन प्रष्ट भएन तर
भ्रमण जाँदा देखेको बाटोको दृष्य जस्ता लाग्थे ) हिँड्दै थियौँ । त्यो बाटो त काठमाडौँ जाने बाटो अरे उत्तर तिर भारतको बोडर छ अरे सिधै गयो भने भारत पुगिन्छ अरे । अनि त्यहाँ त बिभिन्न ठूला ठूला
घरहरू थिए सडक का वरिपरि बाटो पनि निक्कै चिल्लो पिज गरिएको राम्रो थियो तर खाल्डाखुल्डि नभए पनि सम्म भने थिएन । ठ्याक्कै कलंकि चोक बाट तिनथान तिर लाग्दा ढुङ्गे अड्डा र कलंकि बिचको
ठाउँ कलंकि खुड्को पुल भन्दा अलि यता ढुङ्गेअड्डा पट्टिको सडक खण्ड जस्तै । गाडि पनि चल्दा रहेछन् ताल तालका । मैले त फेम्पो पनि देखेँ । तिन पाङ्ग्रे टेम्पो रे पाँच पाँङ्ग्रे चाहिँ फेम्पो अरे । निक्कै
भिड जस्तो लाग्थ्यो तर मान्छेको चहलपहल भने त्यति थिएन । सुनसान जस्तो लाग्थ्यो तर गाडि चलेकै थियो । ट्राफिक हरू पनि थिए तर कस्ता भने आर्मिको ड्रेसमा । आफुलाई ट्राफिक त भन्थे तर केहि
थिएन तिनिहरूकहाँ न ह्विसील नै थियो न त हाम्रा नेपालका ट्राफिकहरूले लगाऊने जस्ता ड्रेस नै । अनी सब्बै अनुहार नचिनेकै थिए । 
   
    यसरि सडकमा हिँड्दै गर्दा गाडिहरू पनि चल्दै थिए । तर त्यो बेलाम अर्जुन साथमा थिएन । अचानक् आजकल ईन्डियाबाट काठमाडौँ आउने दुईतले गाडि भन्दा पनि अग्लो तर एकैतले गाडि आयो हुईँकीँदै ।
गाडि हरियो जस्तो लाग्थ्यो निलो निलो जस्तो पनि लाग्थ्यो । तर ठ्याक्कै कस्तो रङ्गको हो ठम्म्याउन सकिँन । आफुलाई ट्राफिक बताऊने एकजनाले कराउँदै थियो । गाडि एकदम तिब्र गतिमा गुड्दै थियो ।
त्यै भएय कराऊँदै थियो घुम्तिमा त तेर्सै जस्तो देखिने गरि ढल्किन्थ्यो । पल्टेला गाडि भन्दै अपसब्द प्रयोग गरेर ट्राफिक भन्नेले कराउँदै थियो । म भने आफुलाई गाडि सँग सँगै पाउँदै थिएँ । मतलब गाडि
जति छिटो हुईँके पनि मेरै नजिक आभास हुन्थ्यो । पल्टेला भन्दा भन्दै अचानक गाडि गुम्तिमा उत्तानोटाङ लाएर पल्ट्यो । म त एकचोटि आँखा छोपेँ पनि हातले । आँखा खोलेको त त्यो पल्टेको गाडि बाट
लास फुत्त फुत्त निस्कँदै थिए । गाडि पनि धार परेर पल्टेको जस्तो देखिन्थ्यो अहिले त । सब्बैको ड्रेस देख्दा आर्मि जस्ता लाग्थे । म फोटो पनि खिच्दै थिएँ त्यो घटनाको । अर्जुन भने साथमा थिएन । एकै
छिनमा अर्जुन पनि आयो । दुबैले फोटो खिच्यौँ तर क्यामेरा भने एऊटै थियो । एकै छिनमा त्यो ठाऊँमा गोलि पो चल्न थाल्यो त । अनि म पनि भागेँ । त्यो ठाऊँ पुल जस्तो थियो तर ठाऊँ ठ्याक्कै याद
नहुने ठाऊँको थियो ।

    मैले हामि दुबैलाई त्यै पुल जस्तो ठाऊँको मुनितिरको ठाऊँमा पाऊँछु । त्यो ठाऊँ त महादेबबेशी को भुमेस्थान 4 र थाक्रे 3 जोड्ने पुल मुनिको ठाऊँ लाग्थ्यो । तर हालको जस्तो भने थिएन । अहिले त
खोला पो तर्नुपर्ने अरे । खोला पनि सानोतिनो थिएन । निकै नै ठुलो थियो । कस्तो अचम्म त्यहाँ त एकजनाले तर्नुपर्नेलाई छोउमा राखेर एक लात दियो भने पल्लो किनारामा पुग्ने अरे । मैले अर्जुनलाई
त्यसै गरेँ । एक लात दिएँ किनारानेरै राखेर । अर्जुन त भकुन्डो जस्तै उडेर गयो र बिस्तारै ल्यान्ड गय्रो पल्लो किनारामा । लाग्थ्यो उसले प्याराग्लाईड गरेर ल्यान्ड गरेथ्यो । अनि म भने यताकै किनारामा परेँ ।
म कसरी जाने केहि पत्तो थिएन । मैले बोलेकै अर्जुनले पनि सुनेन अनि उसले बोलेको मैले पनि । यतिकैमा एकै छिन अष्पष्ट भयो अनि त ब्युँझेँ ।

2013-06-28

दिऊँसोको सपना 02:21pm, देखि 03:55pm, सम्म Sun 09-06-2013 ।

मेरो यो लेख  मात्र एउटा सपनाको कुरा हो । हजुर हरु ले यो लेख पढ्नु भैसकेपछि सम्भव भय
कमेन्ट पनि छोडेर गइदिनु  होला । त्यसो भए मेरो लेखन मा सुधार गर्न सहयोग मिल्ने थियो ।

सपना समय:- 02:21pm, देखि 03:55pm, सम्म Sun 09-06-2013 ।


दिऊँसोको सपना :- केहि हुँदै थियो गाउँमा ।
सायद त्यहाँ ठुलै कुरा हुँदै थियो विहे को नाम मा ।

पत्रहरु 5% मात्र मैले चिनेका थिए, मतलब 5% मात्र हाम्रो परिवार अनि गाउँलेका थिए । अनि अरू 95%
सबै नचिन्ने थिए को हुन् को । सपना सायद 3 दिनको थियो, मतलब सपनामा 3 भग थियो । पहिले प्रे-
मिका खोजेको झलक, अनि दोस्रो झगडाको र दौडेको झलक, र अन्तिम गाउँले तथा परिवार सँगको झलक ।

Start:-
पहिलो दिन म आफ्नो प्रेमीका खोज्दै हुन्छु तर त्यहाँ अलिकति अष्पष्टता पनि थियो ठ्याक्कै शुरू कसरी
भयो भन्ने कुराको । तर म सायद आफ्नो प्रेमिका खोज्दै थिएँ मेरी प्रेमीका पनि मैले बिपनामा चिनेको
मान्छे थिइनन् । एउटा बगैँचा थियो । त्यहाँ हरेक प्रकारका प्रेम गर्ने जोडिहरू थिए । लाग्थ्यो रुख बिरुवा
चरा चुरुङ्गी सबै प्रेम मय नै थियो प्रेमकै धुनमा थिए । आचानक म फोन गर्दै थिएँ आफ्नो बिपनाको
प्रेमीकालाई तर त्यो कुरा कसरी टुङ्गीयो पता छैन । बिपनाकै साथि छेत्तेन पनि देखेको थिएँ सायद एक
झल्को मात्र । अनि त्यहाँ एकै चोटि साँझ पय्रो । अलि अघिबाटै, उज्यालै छँदा त्यहाँ जोडिहरू देखिएनन्
सबै एक्लै एक्लै थिए । तर एउटा अचम्म अघि जोडि पनि एक एक गरि गनेर नसक्ने जेडिहरू एक्लै
एक्लै हुँदा त 3 जाना पो हुँदोरहेछ । तर ति 3 जानामा पनि म थिईँन । म त प्रत्यक्ष त्यहाँ फोन गर्दा
र प्रेमीका खोज्दा मात्र थिएँ जस्तो लाग्छ ।

    अब त्यहाँ एकैचोटी बिहान र दिउँसो हुन्छ । त्यो झलकमा म त प्रेमिकासँगै थिएँ तर बिपनाको
हैन सपनाकै प्रेमिकासँग । तर मैले भने सँगै बसेपनि एकचोटि पनि राम्ररी हेरिन प्रेमिकाको अनुहार ।
तर लाग्थ्यो उनि निक्कै सुन्दर थिईन् । सँगै थियौँ अचानक् एकैचोटि हामिबीच केहि दूरि बढ्यो । खै
काँबाट आयो परिक्षा, के को परिक्षा हो केहि थाहा छैन तर हामि भने परिक्षाको तयारी गर्दै थियौँ । म
त्यहि अघिल्लो झलकमा देखिएको बगैँचाको माथिपट्टि थिएँ जहाँबाट अलिकति उक्लेपछि तल झर्ने
ओरालो खरबारी आउँथ्यो । यो झलकमा भने बगैँचाको चित्र अलि प्रष्ट जस्तो लाग्थ्यो । रूखहरू देख्दा
महेन्द्र गुफाको प्रवेश द्वार वरपर रहेको जस्तो लाग्थ्यो । म रहेको ठाउँ माथिपट्टि महेन्द्र गुफा क्षेत्र प्रवेश
गर्ने मुख्य गेट जस्तो लाग्थ्यो । म त्यहिँ थिएँ । प्रेमिका अलि चुचुरो डाँडाँमा थिईन् म भन्दा माथि ।
किताब बोकेर एउटा केटि साथिसँग कुरा गर्दै थिई । एकै छिन कानेखुसी गरेर ति केटि गइन्, लोप भइन्
अर्थात् कहाँ पुगिन् थाहा छैन । अनि म पनि किताब हेर्दै तलबाट आँखाको ईसाराले प्रेमिकालाई तल आउन
भन्दै थिएँ । (मेरो मनामा केहि कुरा खेल्दै थिए । म सपना भित्र सपनाको संसारमा डुब्दै थिएँ त्यो बेला ।
प्रेमिका सँग हुने क्षणको कल्पना गर्दै थिएँ ।) म तल आउनको लागि भन्दै थिएँ भन्दै थिएँ तर उनि त
त्यहिँ पो बस्न लागिन् । लाग्थ्यो उनि बस्दा उनको छोऊमा अष्पष्ट अर्को महिलाको दृश्य पनि थियो तर
त्यो एकिन भने भएन । अनि म भने हेरेको हेय्रै भएँ । अनि के भयो एकछिन त थाहै भएन ।

    अनि त्यहि क्षण थियो होला प्रेमिका तिर हेर्दै थिएँ म । अचानक दुईजाना केटाहरू पनि किताब बोकेर
मेरी प्रेमिका को दायाँ वायाँ आएर बसे । त्यहाँ पनि एकछिन अष्पष्ट दृस्य भयो । लाग्थ्यो मेरी प्रेमिका पढ्दै
थिईन् र ति किताब बोकेर आएका केटाहरू पनि सँगै बसेर पढ्दै छन् । तर त्यहाँ त विबाद् पो भैराख्या रै'छ ।
ति केटाहरुले त मेरी प्रेमिकालाई हामिँसँग अँगालोमा बेरीएर पढ्छेस् भने पढ् नत्र हामि बलत्कार गरेर
मारिदिन्छौँ पो भन्दै रहेछन् । तर यतिबेला सम्म म भने तल नै थिएँ ।

    हात पनि चलाको जस्तो अनि प्रेमिकाले पनि छोड छोड भनेको आवाज आ'को भएर म त्यो उकालो
चढ्दै थिएँ । तर मलाई त्यो खुड्किलो चढ्न यति बेर लाग्यो कि प्रेमिकालाई आपत परिसकेछ । मैले भने
प्रष्टै देख्दै थिएँ र सुन्दै पनि थिएँ ति घटनाहरू र आवाजहरू । म देख्दै थिएँ ति केटाहरूले मेरी प्रेमिका माथि
ज्यादति गर्दै थिए, हात हाल्दै थिए । मेरी प्रेमिका भने छोड छोड बचाउ भन्दै हात पन्छ्याउँदै थिई । उम्कन
खोज्दै थिई । अचानक् केटाहरुले त मेरी प्रेमिकाको आँखामा कालो पट्टि बाँधिदिए । तर ति दुईमध्यो कस्ले
बाँध्यो त्यो प्रष्ट थिएन त्यहाँ । त्यहाँ दुबैजानाले मेरी प्रेमिका को पाखुरा समातेर केहि गर्न खोज्दै थिए ।
अचान् त्यो पट्टि बाँध्ने सँगै म पनि नजिक पुगेँ । अहिले त ति केटाहरू उठेका र मेरी प्रेमिका बसेकै थिई
आँखामा कालो पट्टी थियो प्रेमिकाको, दुवै हात दुवै तिर उभिएका ति केटाहरूले तानिरहेका थिए । म त्यहाँ
पुग्ने बित्तिकै मैले ति केटाहरू लाई प्रहार गरेँ । त्यहाँ पनि प्रहार गर्ने बस्तु अश्पष्ट नै थियो । सायद त्यो पेटि
थियो होला । तर कहाँबाट आयो थाहा थिएन । मैले पेटि लाएको पनि थिएन त्यो बेला । पेटि पनि के भन्नु
खै अलि लामै थियो अलि चौडा नै थियो । तर जहाँसम्म लाग्छ त्यो बेलाँ याद भएको जस्तो लाग्थ्यो कि
प्लास्टिक को हरीयो पेटि जस्तै थियो त्यो । जुन मैले बिपनामा लगाउँथेँ । मैले प्रहार त गरेँ तर त्यो प्रहार
एउटा केटालाई मात्र लागेर मेरि प्रेमिका को अनुहारमा लाग्यो । ति केटाहरू भाग्न थाल्यो । मेरी प्रेमिका भने
आज त मरेँ नि भन्दै कराउँदै आँकाको पट्टि फुकाल्दै थिई । मेरो प्रहारले पट्टि पनि च्यातिएको थियो । ति
केटाहरू भाग्दै थिए र म भने प्रेमिकालाई उठाउँदै थिएँ साथै ति केटाहरुलाई पनि पिट्दै थिएँ । मैले प्रहार गर्ने
बस्तुको रुप नै कस्तो कस्तो थियो । घरि पेटि नै बन्थ्यो, घरि दाम्ला बन्थे त घरि नचिनेको बस्तु । मैले ति
केटाहरुलाई लखेट्दै गरेको ठाउँ खरबारी थियो जस्तो लाग्छ । याद भएसम्म त्यो ठाउँ मेरो मामाघरको अलि
तल । मेरो मामाघर नपुग्दै आउने ठाउँ थियो । अर्थात् चौफाँटको अलि तलको खयबारी थियो, भिर थियो ।

    लखेट्दै थिएँ प्रेमिका पनि साथ मै थिई अहिले त । केहि अश्पष्ट आवाज सुनिएको थियो । ठाउँ बालखर्क
घट्ट बाट मसिने डाँडाँगाउँ जाँदा आउने बनको सुरू भाग थियो जस्तो लाग्छ । तर म भने लखेट्दै ओर्लँदै थिएँ
थिएँ । अचान् ति केटाहरू बोले । र भने -"हाम्रो खुट्टा भाँचिदियो भनेर उजुरि दिन्छौँ हाम्रो चिनेका मान्छे छन् ।
तँलाई त पख न हाम्लाई पिटेको होईन !" । तर सुरुदेखि नै म भने बोलेको रेकर्ड थिएन । अचानक् मेरो पक्षबाट
मेरी प्रेमिका बोलि । र भनि -"म पनि मलाई बलत्कार गरेको आरोप मा उजुरु दिन्छु अनि देख्छौ तिमिहरूले !"
। अहिले त म देख्दै थिएँ कि ति केटाहरु मध्यो पनि एकजानाको खुट्टा भाँचिएको थियो दुबैजाना रगतपक्ष थिए,
घिस्रिएर हिँडिरहेका थिए । अचानक् म देख्दै थिएँ मेरी प्रेमिकाको पनि टाउको र कम्मर मुनि रगतै रगत थियो ।

    अब म एकैचोटि अर्को ठाउँमा पुगेँ । न त्यहाँ प्रेमिका थिई न ति केटाहरू । म एक्लै थिएँ दौडिरहेको थिएँ
ठाऊँ अघि पहिला देखिएको खरबारि जस्तै लाग्थ्यो तर अलि फरक थियो । म दौडँदै थिएँ तर म आफैँ अनबिज्ञ
थिएँ दौडिनुको कारण बाट । तर अचानक् बाटोमा केहि चिज देखिए तर पनि म दौडँदै थिएँ । केहि आवाजहरू
सुनिन लागेका थिए । ति अगिका केटाहरू त केटि पो भएछन् । तिनिहरूको दिदि पनि रहिछे । दिदी चाहिँ
फोनमा कुरा गर्दै थिई । खै त्यो दृश्य र संबाद अष्पष्ट थियो । तर लाग्थ्यो मेरो लागि केहि जाल बुनिँदै थियो ।
अचानक् म दौडदै गर्दा आकाशवाणी जस्तो गरी स्वर सुनियो । बिहेमा रत्यौलि खेल्ने अरे हाम्रो र तिनिहरुको
छुट्टै छुट्टै ग्रुप बनाएर । अघिका केटाहरूको र हाम्रो । अनि जस्ले हार्छ उसलाई जित्ने पक्षले धुलोपिठो पार्ने
गरि पिट्ने अरे । फेरि त्यै फोन गर्दै गरेको दृश्य देखियो । लाग्थ्यो उनिहरू ठूलै चक्रब्युह रचना गर्दैछन् ।

    म दौडँदै थिएँ अचानक् जन्ति आयो रे कतैबाट आवाज सुनियो । मान्छेको ताँति देखेँ त्यो खरबारिमा
खरबारि पनि अहिले त कस्तो राम्रो फुलबारि बनेको थियो । त्यो त खरको फुल हो अरे । मान्छेको ताँति त
देखेँ तर मलाई थाहा थिएन कि त्यो मान्छेहरू कहाँ जाँदैछन् । मलाई त ति मान्छेका भनिने ताँतिहरू कमि-
लाका ताँति जस्तै लाग्थ्यो । किनकी म तिनिहरूमाथि नै दौडदै थिएँ तर तिनिहरुलाई केहि प्रभाव परेको थिएन
असर परेको थिएन ।

    अचानक् फेरि ठाउँ र पुरै पात्रहरू नै परिवर्तन भयो । अघि कोहि नचिन्ने थिए तर अहिले भने सब्बै
चिन्ने मान्छेहरू नै थिए । गाउँकै मान्छेहरू थिए । तिनिहरू पनि सब्बै बिहेमै जान लागेको अरे । तर छाँट
भने जन्तिको जस्तो थिएन । त्यहाँ कोहि बाख्रा धपाईरहेका थिए, कोहि गोरू धपाईरहेका थिए, कोहि कुखुरा
धपाईरहेका थिए । अहिलेको ठाउँ पनि मैले चिनेकै थियो । मेरै घरको अलि पर उत्तर पश्चिमपट्टि को चिहान
डाँडाँ र खहरो खोला थियो । चिहान डाँडाँभरि अगि देखिएका जस्ता ताँति देखिन्थे । जन्तिको ताँति अरे त्यो
त अगिका केटा हरूको पक्षका । र खहरे खोला भरि आफ्नै गाउँको मान्छेहरू हिँड्दै थिए । अचम्म लाग्दै थियो
म भने कुन गतिले हिँडिरहेको छु मलाई नै थाहा थिएन । कहिले दौडेको आभाष त कहिले कछुवा भन्दा पनि
50X ढिलो आभाष हुन्थ्यो ।

    म खहरो खोलाको समशेर बाजेको खेतको खनायो बोट नजिक बाट माथि तिर हिँड्दै थिएँ र गाऊँबाट
चिहान डाँडाँ जाने बाटो पनि कटेको भान हुँदै थियो । अचानक् साईँलाबाजेको घर भएको पाखामा काँप्राको
बोटबाट गाउँमा जाने बाटोमा कान्छा बाजेका छोराहरू देखेँ :-माईला, साईँला र कान्छा । जेठा र छोरि भने
थिएन कान्छा बाजेको । त्यो मैले देखेको माईला लाई त रोग लागेको अरे बौलाउने । पागल भएको अरे ।
दुईजाना भाईसँगै गुन्द्रि तानेर लुछालुछ गर्दै थियो । कहिले केको आवाज त कहिले के को । घरि घरि भिन्दा
भिन्दै आवाज निकालेर भाईहरूलाई जिस्काउँदै थियो । त्यो गुन्द्रिले पनि घरिघरी रूप परिवर्तन गर्दै थियो ।
ठ्याक्कै यो नै हो भनेर भन्न निक्कै गाह्रो थियो । र भाईहरू पनि जिस्कँदै थिए माईला सँग । म हिँड्दै थिएँ ।
अब म काप्राको बोट नेर आईपुगेको भान भयो । त्यहाँ मेरो परिवारको सदस्य देखेँ जस्तो लाग्थ्यो । भाईहरू
भने देखिँन, बुवा र आमा झुलुक्क मात्रै देखेँ र माईलि फुपु पनि झुलुक्कै मात्रै देखेँ । माईलि फुपु भने खेतडाँडे
बाजेको गोरू धपाउँदै रे । खेतडाँडे साईँला काका र कान्छि काकी पनि देखेँ । पिपलबोट मुनिको हजुरबा को बुबा
पनि देखिन्थ्यो । अनि म भने अचानक् हजुरबुबा भएको ठाउँमा पुगेँ । बुबा पनि कहिले पछाडि त कहिले अगाडि
देखिएको महसुस हुन्थ्यो, गोरू धपाऊँदै । तर हजुरबुबा सँगै हिँड्न थालेँ म भने । तर अहिलेसम्म बोलेको भने
छैन । मेरो हातमा घाउ देखिन्थ्यो । घाउ छिनमा पाक्थ्यो अनि पिप बग्थ्यो अनि छिनमा पाप्रा लाग्थ्यो । याद
रहेसम्म हजुरवुबाको घाउ थियो । ठ्याक्कै कहाँनेर थियो याद भएन । तर यति देखिन्थ्यो उहाँको त निक्कै ठुलो
भएको थियो घाउ । उहाँ पनि बिहेमा जन्ति जाँदै अरे । छिन छिनमा भगवानलाई पुकार्नुहुन्थ्यो र भन्नुहुन्थ्यो
-"हे भगवान् आज मलाई केहि नहोस् । मेरो घाऊ आजै निको होस् ।" अचानक् म पनि एउटा गोरू धपाउन
थाल्छु । हजुरबुबा एउटा र म एउटा गरि हजुरबुबा र मईले एक हल गोरू धपाउन थाल्छौँ । काँप्राको बोट काटेर
हामि हाम्रो फोक्टो खोलाको खेत कट्दै गाउँमा आएको गाडि गुड्न सक्ने कच्चि सडकमा पुग्नै लाग्छौँ । एउटा
गोरू हाम्रो फोक्टो खोलाको खेतमा पानि ल्याउने कुलातिर गएको हुन्छ भने अर्को गोरू सिधै बाटो गएर सडक
छिचोल्छ । अनि अचानक् माईलि फुपु देखा पर्छिन् र कुलोतिर लागेको गोरू धपाउन थाल्छिन् अनि मात्र मलाई
गोरू छुटेको पता चल्छ अनि मैले मुख खोलेर "हजुरबा एउटा गोरू त खोलातिर गएछ नि" भनेसँगै ब्युँझिन्छु ।


slipping boy

2013-05-30

नेपालमा प्रांगारिक कृषिको अवस्था र आवश्यकता

मेरो कलम : My Words: नेपालमा प्रांगारिक कृषिको अवस्था र आवश्यकता:                                                                                                  - श्री कृष्ण अधिकारी                    ...